पोखरा नगरसभा अवरुद्ध, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि बाहिर
पाेखरा | पुस २६, २०७९
पोखराः पोखरा महानगरपालिकाको १२ औं नगरसभा अवरुद्ध भएको छ ।
नगरसभाको उद्घाटनपछि नगरसभाको विषयवस्तु भन्दा बाहिर एमालेले विषय उठाएको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जारी सभा बहिष्कार गरेको हो ।
उद्घाटनसत्र पछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सभामा सम्बोधन गरेपछि नगरसभाको उद्घाटन सत्र सकिएको छ । मुख्यमन्त्रीले सम्बोधन गर्ने क्रममा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि बाहिरिएका थिए ।
पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कारवाहीको माग गर्दै नगरसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गरेका थिए । जातीय विभेदका आरोपित वडाध्यक्षलाई कारवाही माग गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगर सभामा विरोध गरेका हुन् ।

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

